दफा
समितिको गठन

३. समितिको गठनः

१) बहालवाला तथा सेवा निवृत्त निजामती कर्मचारी र तिनको परिवारको स्वास्थ्योपचार सम्बन्धी व्यवस्था गर्न देहाय बमोजिमका सदस्यहरू रहेको एक निजामती कर्मचारी अस्पताल विकास समितिको गठन हुनेछ ।

(क) नेपाल सरकारको मुख्य सचिव –अध्यक्ष
(ख) सचिव, सामान्य प्रशासन मन्त्रालय –सदस्य
(ग) सचिव, अर्थ मन्त्रालय –सदस्य
(घ) सचिव, कानून तथा न्याय मन्त्रालय –सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय –सदस्य
(च) चिकित्सा क्षेत्रमा कार्यरत वरिष्ठ चिकित्सकहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना चिकित्सक –सदस्य
(च) कार्यकारी निर्देशक –सदस्य–सचिव

(२) उपदफा (१) को खण्ड (च) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजलाई अर्को एक पटकका लागि पुन मनोनयन गर्न सकिनेछ ।